images
images

सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 441
    SHARES
  • २०८० माघ १० गते बुधबार

    सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैंकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन १ गते मंगलबार धुम्बाराहीस्थितत धुम्रबराह भेन्युमा बिहान ११ बजेबाट स्नेगरि सभा बोलाएको छ । 

    कम्पनीले हकप्रद शेयर जारी गर्न बुक क्लोज गरिसकेको छ। यद्यपि, हकप्रद जारी गर्ने मिति भने तय गरिसकेको छैन। हकप्रद शेयर जारी गर्न नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन, थपघट तथा परिमार्जन गर्नुपरेमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    प्रबन्धपत्रको दफा ८ (क) संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। यस बर्ष कम्पनीले कुनै पनि लाभांशको प्रस्ताव गरेको छ्रैन । 

    कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।


    images
    images

    Logo