images
images

रेसुङ्गा विमानस्थलमा हप्ताको ४ पटक उडान हुँदै


  • 482
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    रेसुङ्गा विमानस्थलमा हप्ताको ४ पटक उडान हुँदै

    तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको ४ पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट ४ पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । 

    यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको २ दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए । 

    रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट ८ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् । 


    images
    images

    Logo