images
images

निर्यातमा नगद अनुदानका लागि थप बजेट माग


  • 416
    SHARES
  • २०८० पौष २८ गते शनिबार

    निर्यातमा नगद अनुदानका लागि थप बजेट माग

    काठमाडौं । निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपैयाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपैयाँ माग गरेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आवका लागि निर्यातमा नगद अनुदानका लागि ९० करोड रुपैयाँ छुट्याएको थियो । सरकारले निर्यात प्रवर्धनमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण गर्दै अर्थतन्त्र सबल बनाउन नेपालबाट निर्यात हुने हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउडलगायतका वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गर्दै निर्यात प्रोत्साहन नीति लिएको छ ।

    मङ्सिर महिनासम्म सो रकम खर्च भइसकेकाले थप माग गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रमिला भण्डारीले चालु आवमा छुुट्याएको रकम अनुदान वितरण गरिसकेकाले थप एक अर्ब १० करोड रुपैयाँ माग गरिएको जानकारी दिए । 


    images
    images

    Logo