images
images

दुई कम्पनीले बनाए लगानीकर्ताको हातखाली 


  • 3.6K
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    दुई कम्पनीले बनाए लगानीकर्ताको हातखाली 

    काठमाडौं । दुई कम्पनीले लगानीकर्ताको हातखाली बनाएका छन् । यसरी लगानीकर्ताको हातखाली बनाउनेमा किसान लघुवित्त र धौलागिरी लघुवित्त रहेका छन् । 

    कम्पनीको गत कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७९÷८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  

    तर कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा भएको लाभांश रद्द गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

    त्यसैगरी, पुस २६ गते बसेको किसान लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छ। यसको अर्थात यस वर्ष दुईवटै कम्पनी शेयरधनीहरुको  हात खाली हुने भएको छ।

     


    images
    images

    Logo