काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।