काठमाडौं । मल्टीपर्पस फाइनान्सले यो वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । यसको अर्थात यस वर्ष मल्टीपर्पस फाइनान्सका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ ।
त्यस्तै, फाइनान्सले २०७९÷८०को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।