images
images

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


  • 381
    SHARES
  • २०८० पौष १८ गते बुधबार

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा रिक्त रहेको कार्यकारी निर्देशकको पदपुर्तिका लागि दरखास्त आह्वान भएको छ ।

    मन्त्रालयले आज एक सूचना जारी गरि ६५ वर्ष उमेर ननाघेको र अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिको क्षेत्रमा १० वर्ष काम गरेको, स्नातकोत्तर उपाधि हासिल गरेकोलाई आवेदन दिन आह्वान गरेको हो । यस्तै, यो पदमा काम गर्न चाहनेले उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव हुनुपर्नेछ ।

    आवेदकले ३ हजार रुपैयाँ दस्तुर बुझाएर माघ २ गतेसम्म परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दीमा आवेदन दिनुपर्नेछ ।

    दरखास्त दिन चाहनले कार्ययोजना र दूरदृष्टिसहिको कार्यपत्रसमेत प्रस्तुत गर्नुपर्नेछ ।

     


    images
    images

    Logo