images
images

मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश


  • 437
    SHARES
  • २०८० पौष १६ गते सोमबार

    मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ ।

    संस्थाको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार संस्थाले नगद लाभांशबापत कुल ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ वितरण गर्ने निर्णय संस्थाले गरेको छ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।


    images
    images

    Logo