काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सहकारी बैठकले आज एक सुचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा १ सय कर्मचारी माग गरेको हो ।
बैंकले सार्वजनिक गरेको सूचना अनुसार कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना, तालिम स्तरीकण अधिकृत ३ जना, कर्जा अधिकृत २ जना र कर्मचारिको लागि आवेदन खुलाएको छ । व्यवस्थापनतर्फ प्रमुख वित्त अधिकृत, प्रमुख व्यवसाय अधिकृत, आन्तिरिकलेखा परीक्षण प्रमुख र कानुन अधिकृत एक एक जना माग गरेको छ ।
इच्छुकले पुस २५ गतेभित्र आवेदन गरिसक्नु पर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने छ ।





