images
images

दुई कम्पनीले गरे लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 555
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    दुई कम्पनीले गरे लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेमा राधी विद्युत कम्पनी र  छिमेक लघुवित्त रहेका छन् । 

    राधी विद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    कम्पनीले पुस २९ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको छ । सभाले गतआर्थिक बर्षको नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल तथा चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ ।

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

    त्यस्तै, छिमेक लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे बस्नेगरि साधारण सभा बोलाएको छ । 

    त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo