काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते विहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।