images
images

लक्ष्मी सनराइज बैंकले बाेलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 559
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    लक्ष्मी सनराइज बैंकले बाेलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णग गरेको हो । 

    बैंकले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौामा  दिउँसो २ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यसका साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo