काठमाडौं । नेपाल बैंकसहित तीन कम्पनीले लगानीकर्ताको हातखाली बनाएका छन् । यसरी लगानीकर्ताको हातखाली बनाउनेमा नेपाल बैंक, पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्त रहेका छन् ।
पुस ४ गते बसेको नेपाल बैंक र इन्फिनिटी लघुवित्तको सञ्चालक समितिको बैठकले र पुस ५ गते बसेको पोखरा फाइनान्स को सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थात यस वर्ष तीनवटै कम्पनी शेयरधनीहरुको हात खाली हुने भएको छ।
तीनवटै कम्पनीको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि तीनवटै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।