images
images

हिमालयन हाईड्रोपावरले बोलायो साधारण सभा, शतप्रतिशत हकप्रद प्रस्ताव गर्ने


  • 468
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    हिमालयन हाईड्रोपावरले बोलायो साधारण सभा, शतप्रतिशत हकप्रद प्रस्ताव गर्ने

    काठमाडौं ।  हिमालयन हाईड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीले पुस २५ गते वाटरफ्रन्ट रिसोर्ट लेक साईड पोखरामा बिहान ११ बजेदेखि सभा आह्वान गरेको हो ।

    कम्पनीको सभामा १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन सम्बन्धी विशेष प्रस्ताव राखिएको छ ।  त्यसैगरी, सभामा वार्षिक प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने, बैंक कर्जा स्थानान्तरण गर्ने तथा कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालको निर्वाचन गर्नेलगायतका एजेण्डा रहेको छ ।

    कम्पनीले सभा प्रयोजनार्थ पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।


    images
    images

    Logo