images
images

शिवम् सिमेन्टले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?


  • 733
    SHARES
  • २०८० पौष ३ गते मंगलबार

    शिवम् सिमेन्टले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । मंगलबार विहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोडको १४.२५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

    प्रस्तावित लाभांश अनुमोदन गर्न वार्षिक साधारणसभा डाक्ने र लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको छ। यसको अर्थ पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

     


    images
    images

    Logo