काठमाडौं । हाथवे इन्भेष्टमेन्टले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कामय चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।