काठमाडौं । लक्ष्मी लघुवित्तले लगानीकर्ताको हातखाली बनाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसको अर्थात यस वर्ष लक्ष्मी लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।