images
images

नेपाल ल्युब आयलकाे लाभांश घोषणा


  • 433
    SHARES
  • २०८० पौष २ गते सोमबार

    नेपाल ल्युब आयलकाे लाभांश घोषणा

    काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड (एनएलओ) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले पुस २५ गते साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १० गतेदेखि पुस २४ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेको छ । पुस ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।


    images
    images

    Logo