images
images

दुई कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?


  • 531
    SHARES
  • २०८० पौष २ गते सोमबार

    दुई कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । दुई कम्पनीले साधारणसभा बोलाएका छन् । बोटलर्स नेपाल (तराई)ले पुस २७ गते र तारागाउँ रिजेन्सी होटल लिमिटेडले पुस २४ गते बस्ने गरि सभा बोलाएका हुन् । 

    बोटलर्स नेपाल (तराई)ले प्रतिकित्ता ६० रुपैयाँ लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गतेका लागि सोल्टी होटलमा साधारणसभा आह्वान गरेको हो ।

    साधारणसभाले यसअघि घोषित प्रतिकित्ता सेयर बराबर ६० रुपैयाँ नगद लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणसहितको लेखा परीक्षण प्रतिवेदन पारित गर्नेछ ।

    कम्पनीले पुस २० गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुने जनाएको छ । पुस १९ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।

    तारागाउँ रिजेन्सी होटल लिमिटेडले २७औँ साधारण सभा पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

    यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । 

    जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

     


    images
    images

    Logo