images
images

दुई कम्पनीको लाभांश घोषणा


  • 2.1K
    SHARES
  • २०८० पौष २ गते सोमबार

    दुई कम्पनीको लाभांश घोषणा

    काठमाडौं । दुई वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । रुरु जलविद्युत परियोजना र जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेका हुन् । 

    रुरु जलविद्युत परियोजनाले  गत आर्थिक वर्ष ७९/८० को मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश दिने गर्ने प्रस्ताव गरेको छ । 

    कम्पनीले पुस २५ गते साधारणसभा आह्वान डाकेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म नेप्सेमा कारोबार भित्र कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

    जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत सेयर बोनस घोषणा गरेको छ ।

    १ सय कित्ता सेयर हुनेले १४ कित्ता सेयर बोनस पाउनेछन् । सो बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश पनि प्रदान गरिने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ ।


    images
    images

    Logo