images
images

बुटवल पावरले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 837
    SHARES
  • २०८० पौष १ गते आइतबार

    बुटवल पावरले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । मसिंर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    जस अनुसार कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभाश अनुमोदन गर्न पुस २९ गते कार्की ब्याङकेट बबरमहलमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।

    यस्तै कम्पनीले एक करोड कित्ता एफपिओ जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ। विभिन्न परियोजनामा लगानीको लागि उक्त एफफिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गतेबाट पुस २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसका आधारमा पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

     


    images
    images

    Logo