images
images

लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारण सभा


  • 432
    SHARES
  • २०८० पौष १ गते आइतबार

    लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारण सभा

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई विवरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको हाे । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    images
    images

    Logo