काठमाडौं । युनिक नेपाल लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २४ गते मंगलबार होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको हो ।
सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश पाउन सक्नेछन् ।



