images
images

साना किसान लघुवित्तको लाभांश संशोधन, घट्यो लाभांश 


  • 441
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    साना किसान लघुवित्तको लाभांश संशोधन, घट्यो लाभांश 

    काठमाडौं । साना किसान लघुवित्तको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो । 

    संस्थाले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) थियो। प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकले पठाएको थियो। तर राष्ट्र बैंकले प्रस्तावित लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।

    राष्ट्र बैंकको निर्देशनसँग संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र ०.७५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo