images
images

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले घोषणा गर्यो लाभांश 


  • 391
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले घोषणा गर्यो लाभांश 

    काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ ।

    कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीको हाल कायम चुक्तापुँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँको कुल ५.०५ प्रतिशतले हुन आउने ४ करोड ९५ लाख ७५ हजार १.६० रुपैयाँ नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।


    images
    images

    Logo