images
images

दुई कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?


  • 548
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    दुई कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । दुई कम्पनीले साधारणसभा बोलाएका छन् । गुराँस लघुवित्त वित्तीयले पुस १८ गते र चिलिमे जलविद्युतले पुस २० गते बस्ने गरि सभा बोलाएका हुन् । 

    गुराँस लघुवित्तले पुस १८ गते, भेडेटार भिलेज रिसोर्ट, साँगुरीगढी गाउँपालिका ६ भेडेटार, धनकुटामा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ । 

    सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    चिलिमे जलविद्युतले पुस २० गते शुक्रबार राष्ट्रिय सभागृह, भृकुटिमण्डप काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो। कम्पनीको सभाले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजी ९७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ को १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । 

    सभाले गत वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । त्यसैगरी, चालु आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक तोक्नेछ । त्यस्तै, सभामा सञ्चालक समितिका सदस्यहरुको सुविधा, दुई जना स्वतन्त्र सञ्चालकको निर्वाचन, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

    कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस ८ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo