images
images

भगवती हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 599
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    भगवती हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । भगवती हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    जस अनुसार कम्पनीले १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ  । प्रस्तावित लाभाश अनुमोदन गर्न पुस २४ गते, मंगलबार, अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ७ जना र साधारण शेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। जसअनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo