images
images

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने


  • 589
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको १० प्रतिशत  नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ६१ करोड ८९ लाख रहेको छ । 

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।


    images
    images

    Logo