images
images

दुई लघुवित्तले गरे लाभांश घोषणा, कुनको कति ?


  • 1.0K
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    दुई लघुवित्तले गरे लाभांश घोषणा, कुनको कति ?

    काठमाडौं । दुई लघुवित्तले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेमा समता घरेलु लघुवित्त र आत्मनिर्भर लघुवित्त रहेका छन् । 

    समता घरेलु लघुवित्तको मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले  आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ५.७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५.४२२२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थं) रहेको छ।

    त्यस्तै, आत्मनिर्भर लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले बोनस र कर प्रयोजनसहित नगद लाभांश गरी सो दरमा लाभांश वितरण गर्नेछ। मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात दुवै कम्पनीको लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo