images
images

दुई कम्पनीले बोलाए साधारण सभा, बूक क्लोज कहिले ?


  • 525
    SHARES
  • २०८० मंसिर २४ गते आइतबार

    दुई कम्पनीले बोलाए साधारण सभा, बूक क्लोज कहिले ?

    काठमाडौं । दुई कम्पनीले साधारणसभा बोलाएका छन् । अप्पर स्याङ्गे हाइडोपावरले पुस १७ गते र अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले पुस २६ गते बस्ने गरि सभा बोलाएका हुन् । 

    अप्पर स्याङ्गे हाइडोपावरको सभा कुण्डलिनी दरबार ब्याक्वेट चप्पल कारखाना चोक काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको पनि निर्वाचन गर्नेछ ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।

    त्यस्तै, अप्पर सोलुको सभा लिसारा रिसेप्सन भगवति बहाल नक्सालमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । 

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ३ गते देखि २६ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस २ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।


    images
    images

    Logo