images
images

नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 467
    SHARES
  • २०८० मंसिर २२ गते शुक्रबार

    नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल एसबिआई बैंकले साधारणसभा बोलाएको छ । मसिंर १ गते बसेको सञ्चाल समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस १३ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo