images
images

नेपाल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?


  • 522
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    नेपाल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । इन्स्योरेन्सले पुस १३ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर २८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    images
    images

    Logo