images
images

हिमालयन डिस्टीलरीको लाभांश घोषणा, साधारणसभा कहिले ?


  • 362
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    हिमालयन डिस्टीलरीको लाभांश घोषणा, साधारणसभा कहिले ?

    काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको छ ।

    गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

    लाभांश पारित गर्नका लागि कम्पनीले साधारणसभा पनि बोलाएको छ । पुस १५ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । जसका लागि सेयरधनी दर्ता पुस्तिका पुस १३ गते बन्द हुनेछ । पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार प्राप्त गर्दछन् ।


    images
    images

    Logo