images
images

नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा, ७ प्रतिशत बोनस सेयर दिने


  • 372
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा, ७ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं । नेपाल हाइड्रो डेभलपोर लिमिटेडले कम्पनीको १७ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट ७.३७ प्रतिशत लाभांश बाँड्ने भएको छ ।

    मङ्सिर १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

    यसैगरी कम्पनीले हालको चुक्ता पुँजी ३३ करोड ५९ लाख २६ हजार पाँच सयको ७ प्रतिशतले हुन आउने २ करोड ३५ लाख १४ हजार आठ सय ५५ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ०.३७ प्रतिशतले हुन आउने १२ लाख ३७ हजार ६ सय २३ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश पनि बाँड्नेछ ।

    कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर २५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 


    images
    images

    Logo