images
images

निफ्राले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 1.5K
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    निफ्राले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले साधारणसभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।बैंकले पुस १७ गते, मंगलबार, अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo