काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर १४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको हो ।
जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावत गरेको छ ।
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ ।