काठमाडौं । नबिल बैंकले साधारणसभा बोलाएको छ । बैंकको विहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाबाट पारित भएपछि नगद लाभांश शेयरधनीहरुले पाउनेछन्।
सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्नेछ।