images
images

फर्स्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस कति ?


  • 499
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    फर्स्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश रहेको छ।

    मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo