images
images

सुनको मूल्य एक लाख पच्चीस हजार पुुग्ने अनुमान


  • 619
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    सुनको मूल्य एक लाख पच्चीस हजार पुुग्ने अनुमान

    काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ पुुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । 

    मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य बुुधबार तोलामा एक हजार छ सय रुपियाँले बढेर एक लाख १९ हजार तीन रुपियाँमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । 

    मङ्सिर महिना सुरु भएदेखि बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरेकाले त्यतिबेला सुनको मूल्य प्रतितोला एक लाख २२ हजारदेखि एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको उनले जानकारी दिए । 

    ठुल्ठुला देशले सुनको रिजर्भ बढाउनुुका साथै लगानीकर्ता सुनमा आकर्षित हुुँदा पछिल्लो समय मूल्य एक्कासि वृद्धि हुुँदै गएको व्यवसायीको भनाइ छ । लगनको सिजनमा सुनको मूल्य एक्कासि बढ्दा बजारमा कारोबार भने उत्साहपूर्वक बढ्न सकेको छैन । लगनको समयमा अघिल्लो वर्ष ३० देखि ३५ किलो सुनको कारोबार हुने गरेकामा अहिले दैनिक २० किलो मात्र सुन बिक्री  हुने व्यवसायीको भनाइ छ । अन्य समयको तुुलनामा लगनको सिजनमा सुनको माग बढी भए पनि यसपालि मूल्य बढेकाले माग बढ्न नसकेको व्यवसायीको भनाइ छ । 

    महासङ्घका अनुसार पछिल्लो चार दिनमा सुन तोलामा दुई हजार चार सय रुपियाँ मूूल्य बढेको छ । एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा २१ हजार नौ सय रुपियाँले बढेको छ । पछिल्लो एक सातादेखि लगातार सुनको मूल्य बढ्दै गएपछि पुुराना गहना बिव्रmी गर्ने ग्राहक बढी आउने गरेको व्यवसायीको भनाइ छ । 

    उपभोक्तासँग पर्याप्त व्रmयशक्ति नहुँदा घरव्यवहार चलाउन ग्राहकले पूरा गहना बिव्रmी गर्ने गर्छन् । यसैबिच बुधबार चाँदीको मूूल्य पनि बढेर तोलाको एक हजार ५२० रुपियाँ पुगेको छ । सोमबार र मङ्गलबार प्रतितोला एक हजार पाँच सय रुपियाँमा स्थिर थियो । बुधबारको मूल्य गत आइतबारको तुलनामा ३५ रुपियाँको बढोत्तरी हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार चाँदी प्रतिऔँस २४.९८ डलर भएको छ । मङ्गलबार २४.५९ र सोमबार २४.६८ डलर थियो ।


    images
    images

    Logo