images
images

स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 455
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ । 

    कम्पनीले पुस ४ गते काठमाडौँको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.३५९९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

    यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ। एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ।

    साधारणसभा प्रयोजनको लागि लघुवित्तले मंसिर २२ गते बुकक्लोज गर्ने भएको छ। मंसिर २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउने छन्।


    images
    images

    Logo