images
images

एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 457
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । एनआईसी एशिया लघुवित्तले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिले सो निर्णय गरेको हो । 

    कम्पनीले पुस ६ गते गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । 

    सभा प्रयोजनका लागि संस्थाले मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २४ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

     

     


    images
    images

    Logo