बुटवल । नेपाल कम्युनिष्ट पार्टी एमाले ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ ।
प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिने छन् ।
लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।