काठमाडौं । हिमालयन लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त आर्थिक वर्षको अन्त्यमा कायम गरेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय पनि पनि संस्थाले गरेको छ। वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने संस्थाले जनाएको छ।
राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने संस्थाले निर्णय गरेको छ।