images
images

ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा


  • 521
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा

    काठमाडौं । ग्रामिण विकास लघुवित्तले साधारणसभा बोलाएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले मंसिर ३० गते, शनिबार, आफ्नो प्रधान कार्यालय बुटवलमा विहान ११ बजेबस्नेगरि सभा बोलाएको छ । सभामा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट उपस्थिति जनाउन सकिने लघुवित्तले बताएको छ।

    सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

     


    images
    images

    Logo