images
images

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा 


  • 452
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा 

    काठमाडाैं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले सातौं साधारणसभा बोलाएको छ । कम्पनीले आगामी मंसिर २६ गते काठमाडाै‌ंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांकेटमा सभा बोलाएको हो । 

    सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले यस बर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

    यसैगरी, सभाले रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

     


    images
    images

    Logo