images
images

युनिलिभर नेपालले बोलायो साधारणसभा, बुक क्लोजको कहिले ?


  • 352
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    युनिलिभर नेपालले बोलायो साधारणसभा, बुक क्लोजको कहिले ?

    काठमाडौं । युनिलिभर नेपालले साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २६ गते होटल याक एण्ड यती, दरवारमार्ग, काठमाडौंमा दिउँसो ४ः३० बजे बस्नेगरि सभा बोलाएको छ । 

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५ सय ८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    images
    images

    Logo