काठमाडौं । शेयर बजार सामान्य बढेको छ । बुधबार शेयर बजार ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ४१ बिन्दुमा पुगेको हो ।
आज बजारमा १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएका छन् ।
हाइड्रो, टुरिज्म,माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स उपसुचकहरु मा सकारात्मक वृद्धि भएको छ । रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी, युनियन लाइफ इन्स्योरेन्स को मुल्य बढेको छ । फाइनान्स समुहका कम्पनीहरु घटेका छन् ।
बजारमा १ सय ८६ कम्पनीको कारोबार हुँदा ७४ कम्पनीको मुल्य बढेको छ । १ सय ५ कम्पनीको मुल्य आज घटेको छ ।