images
images

सिद्धार्थ बैंकको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?


  • 478
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    सिद्धार्थ बैंकको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?

    काठमाडौैं । सिद्धार्थ बैंक लिमिटेडको आधारण सभा आज हुँदैछ । बैंकले बालुवाटार स्थित अम्रपालि ब्यान्क्वेटमा बिहान १० बजे बस्नेगरी सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    त्यसैगरी, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


    images
    images

    Logo