images
images

सोल्टी होटलले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 668
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    सोल्टी होटलले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । सोल्टी होटेलले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभाश अनुमोदन गर्न सोल्टी होटलले आफ्नो ४९ औं वार्षिक साधारणसभा पनि डाकेको छ। होटलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा बिहान साढे १० बजे बस्नेगरि सभा बोलाएको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलल पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    images
    images

    Logo