images
images

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 430
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले मंसिर २४ गते, आइतबार, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo